श्री कृष्ण, राधा र बाँसुरी

Bipin Lamichhane
3 min readAug 11, 2020
श्रीकृष्ण र राधा

भगवान श्रीकृष्णको अत्यन्त प्यारो थियो त्यो बाँसुरी| कृष्णलिलाको अभिन्न अंग त्यो बाँसुरी श्री कृष्णको साथबाट कहिलै टाढा भएन| उनि जहाँ जान्थे बाँसुरी लिएरै जान्थे | गाई चराउँदा कुनै रुखको छहारीमा बसि लामो समयसम्म बाँसुरीको मनमोहक धुनले पुरै जङ्गल मन्त्रमुघ्द हुन्थ्यो| उनको त्यो मीठो बाँसुरीको धुन सुनेर वरिपरिका गोपीनिहरु होसोहवास् बिर्सेर उनकै शरणमा होमिन्थे | हुन पनि श्रीकृष्णको बाँसुरी वादन प्रखर थियो | गोपिनिहरु उनको बाँसुरी सुनेपछि सारा पीर चीन्ता बिर्सेर लठ्ठिन्थे |

उनको बाँसुरीको धुनले सबैभन्दा बढि लठ्ठिने चाहिँ राधा | राधाको गाउँ रेपाली अनि श्रीकृष्णको ब्रिन्दावन | तर कता कता श्रीकृष्णको बाँसुरीले राधालाई उनि सामु ल्याइपुर्यायो | त्यो बेला श्रीकृष्ण मात्र ८ बर्षका थिए भने राधा १३ बर्षकी |तर पनि दुवै एक अर्कालाई असाध्यै धेरै प्रेम गर्दथे | अनि सुरुभयो राधाकृष्णको प्रेम कहानी | श्रीकृष्णको सबैभन्दा प्यारा यीनै दुई थिए, उनको बाँसुरी र राधा |

समयसँगै श्रीकृष्णलाई मथुरा जानु पर्ने भयो | कन्हैयाको वियोगमा ब्रिनदावनका गोपिनिहरुमा निराशा छायो| कृष्णको साथ नपाएर धेरै गोपिनिहरु अहिलेको भाषामा भन्नु पर्दा “ डिप्रेसन्” मा डुबे |श्रीकृष्ण जानेदिन ब्रिनदावनमा सन्नाटा छायो |यशोधा माता निराशामा डुबेकि त थिइन् नै तर उनि भन्दा बढि वियोगमा डुबेका थिए गोपिनिहरु | तर श्रीकृष्णलाई धेरै चिन्ता तिनै राधाको थियो | एक अन्तिम पटक राधालाई भेटेर बिदा हुने निधो श्रीकृष्णले लिएर राधालाई भेट्न जाँदा दुवै केहि बोल्न सकेनन्| एक शब्दै नबोलि श्रीकृष्ण राधाबाट बिदा हुन्छन् |

उता श्रीकृष्ण मामा कंशको सर्वनाश गर्दै गर्दा यता राधाको एक साधारण यदुवंशी पुरुषसंग विवाह हुन्छ| समय बित्दै गर्दा श्रीकृष्णले पनि रुकमिणी र सत्यभामा संग विवाहा गर्छन्|राधाले आफ्नो गृहस्थि जीवन निर्वाह गर्छिन भने श्रीकृष्णले आफ्नो दैविक भुमिका | श्रीकृष्ण राधालाई भुलाउन सक्दैन थिए |तेसैले राधाको यादमा उनलाई प्रिय लाग्ने बाँसुरी श्रीकृष्णले कहिल्यै आँफुबाट टाढा हुन दिएनन्|

तर उता राधालाई श्रीकृष्णको वियोगले धेरै नै सताउँछ | उनि श्रीकृष्णसंग नजिक हुन सबै कुरा त्यागेर द्वारिका पुग्छिन |श्रीकृष्णको विवाह भइसकेको भएपनि राधालाई केहि मतलब थिएन| उनलाई बस् आफ्नो कन्हैयासंग नजिक हुनुथ्यो |श्रीकृष्ण सर्वज्ञानी थिए, उनलाई सबै कुरो थाहा थियो |द्वारिकामा राधालाई कसैले चिन्दैन थिए त्सैले केहि समय राधा श्रीकृष्णको दरबारमा देविकाको रुपमा बस्न थाल्छिन |

राधालाई, श्रीकृष्णसंग एउटै छत मुनि बसे पनि, उनिसंगको आत्मिय सम्बन्धको अनुभुति हुँदैन | उनि पहिलै जस्तैको समयको कल्पना गर्थिन | तर अपशोच् त्यो संभव थिएन | तेसैले एक रात राधा द्वारिकाबाट बिदा हुन्छिन | श्रीकृष्णलाई यो सबै कुरो थाहा हुन्छ |

समय बित्दै जान्छ | राधा बुढि हुँदै जान्छिन |राधालाई आफ्नो भौतिक शरिर त्याग गरेर वैकुण्ठ जान मन लाग्छ | श्रीकृष्णले यो कुराको मेसो पाउँछन् र राधालाई अन्तिम पल्ट भेट्न राधा भएको ठाँउमा ध्यान दृष्टिले पुग्दछन्|राधालाई आफ्नो प्रीय कन्हैयासंग अन्तिम समय बिताउने मौका मिलेको थियो |

अन्तिम समय आफ्नो प्रीय कान्हासंग बिताउन पाउँदा राधा धेरै खुशी थिइन् | श्रीकृष्ण र राधाको दैविक समागम अभुतपुर्ण हुन्छ | आखिर राधा भनेकै श्रीकृष्ण र श्रीकृष्ण भनेकै राधा हुन् |राधाले आफ्नो अन्तिम श्वास रहुन्जेल श्रीकृष्णलाई आफुसंगै बस्न भन्छिन् र बाँसुरीको मीठो धुनले राधाको भौतिक शरीरलाई बिदाई गर्न लगाउँछिन्|

त्सपश्चात् श्रीकृष्णले दिन रात केहि नभनि अत्यनतै कारुणिक धुन बजाउँछन् , जुन धुन सुनेर सारा ब्रह्माण्ड लालहित हुन्छ |देवता दानव दरबारीयाहरु उनको धुन सुनेर लठ्ठै हुन्छन् |उनको त्यो धुनमा राधा प्रतिको अगाध माया, करुणा र प्रेम झल्किन्छ | अन्ततः राधाको देहवसान हुन्छ | उनि श्रीकृष्णसंग दैविकरुपमा मिल्न पुग्छिन |

श्रीकृष्णलाई राधाको वियोगले भावविभोर बनाँउछ | आफ्नो प्रेमिकाको यादमा केहि छिन भुले पछि श्रीकृष्णले आफ्नो बाँसुरीलाई भाँचिदिन्छन र जंगलमा मिल्काइदिन्छन् | त्यसपश्चात भगवान् श्रीकृष्णले कहिलै बाँसुरी बजाएनन् |

यसरी अन्तय हुन्छ श्रीकृष्ण,राधा र बाँसुरीको प्रेमकथा |

--

--

Bipin Lamichhane

The dead will always be dead but we have to go on Living.